नेपालको संविधानले तीनै तहका सरकारको अधिकार सहितको कार्यविभाजन अनुसूचीमा व्यवस्था गरेकोमा लुम्बिनीप्रदेश सरकारको कार्य विभाजन अनुसार मिति २०७८।०१।०६ मा ग्रामीण तथा शहरी विकास मन्त्रालयको स्थापना भएकोमा मिति २०७८।०५।१८ मा मन्त्रालयको नामसंशोधन भई पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयको रुपमा, प्रदेश सरकार (मन्त्रिपरिषद्) कोमिति २०७९।१०।२७को निर्णयानुसार प्रदेश सरकार (कार्यविभाजन नियमाली), २०७९बमोजिम नाम र कार्यक्षेत्र हेरफेर भईखानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको रुपमा रलुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८०।०९।०६को निर्णयानुसार हाल शहरी विकास मन्त्रालयको मातहतमा रही यस कार्यालयले कार्यसञ्चालन गर्दै आएको छ । यस कार्यालयको कार्यक्षेत्र लुम्बिनी प्रदेशका दुई जिल्ला (पाल्पा र गुल्मी) रहेका छन । यो कार्यालय हाल पाल्पा जिल्लाको तानसेन न.पा. वडा नं.-१, ध्रुवघाट मा अवस्थित छ ।
यस कार्यालयको कार्यक्षेत्रमा पर्ने कार्यक्रमहरु देहाय बमोजिम रहेका छन्: